अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल एयरलाइन्सको सञ्चालकमा किशोर प्रधान नियुक्त

नेपाल एयरलाइन्सको सञ्चालकमा किशोर प्रधान नियुक्त


काठमाडौं- व्यवसायी किशोर प्रधान नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त हुनु भएको छ । उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मंगलबार निगमको सञ्चालकमा नियुक्त गर्नु भएको हो ।

नेपाल वायुसेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम प्रधानलाई निगमको सञ्चालकमा नियुक्त गरिएको मन्त्री ढकालको सचिवालयले जनाएको छ ।

उहाँको कार्यकाल ४ वर्षको हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष प्रधानसहितका उद्योगी/व्यवसायी चैत ६ गते एमाले प्रवेश गरेका थिए ।