अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डको दाबी : राजनीति हाम्रै वरिपरी घुमिरहेको छ

प्रचण्डको दाबी : राजनीति हाम्रै वरिपरी घुमिरहेको छ


काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको राजनीति आफूहरुकै वरिपरी घुमिरहेको दाबी गर्नुभएको छ ।

रुकुम जाने क्रममा मंगलबार नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले नेपालको राजनीति आफूहरूको एजेण्डा बाहिर नगएको दाबी गर्नुभयो ।

‘अहिले पनि नेपालको राजनीति हाम्रो एजेण्डा भन्दा बाहिर गएको छैन, हामीले सरकार परिवर्तनलाई तात्कालिक कार्यभार बनाएका छाैँ, त्यो प्रक्रियामा छलफल चलिरहेकै छ,’ प्रचण्डले भन्नुभयो ।

प्रचण्डले नयाँ सरकार बनाउन दलहरूबीच छलफल भइरहेको समेत बताउनुभयो । पार्टी सुदृढ गर्ने अभियान चलिरहेको भन्दै उहाँले योजनाबद्ध ढंगले अगाडि बढिने जानकारी समेत दिनुभयो । रुकुमपछि सुर्खेतको कार्यक्रममा सहभागी हुने भन्दै उहाँले नेपालगञ्जमा पनि कार्यक्रम गर्ने उद्घोष गर्नुभयो ।