अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बम हान्नेहरूलाई नै गृहमन्त्री बनाएर गल्ती गरेँ : प्रचण्ड

बम हान्नेहरूलाई नै गृहमन्त्री बनाएर गल्ती गरेँ : प्रचण्ड


पश्चिम रुकुम- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पश्चिम रुकुम पुगेर आत्मआलोचना गर्नु भएको छ ।

३२ औँ जनआन्दोलन दिवसका अवसरमा माओवादीले मंगलबार रुकुम पश्चिममा गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले पार्टी र आन्दोलनमा लागेका सहिद परिवारसँग आफूले ठूलो गल्ती गरेको स्विकार गर्नुभयो ।

‘हजारौँ सहिदको, आन्दोलनका घाइतेहरूको, हजारौं बेपत्ता योद्धाहरुको बोझ मेरो टाउकोमा छ, मलाई दुखमा पटक-पटक बचाउने नेताहरूलाई चाँहि ओझेल पारेको र फटाहाहरूले भाउ पाए जस्तो भएको छ,’ प्रचण्डले भन्नुभयो, ‘मलाई गद्दार भन्नेहरूलाई पनि मैले उदारतापूर्वक स्थायी समितिमा लगेँ, फटाहाहरूलाई पार्टीमा ठाउँ दिएँ । २०७० को चुनावमा मलाई बम हान्नेहरूलाई मैले नै गृहमन्त्री बनाएँ, सायद मैले गल्ती गरेँ । मैले तपाईहरूलाई नै अघि बढाउनु पथ्र्यो, गल्ती गरेँ ।’

प्रचण्डले आफू पटक-पटक फटाहरूको भावनामा बहकिएको बताउँदै भन्नुभयो, ‘पार्टीप्रति समर्पित, लाइनप्रति समर्पित, नेतृत्वप्रति वफादारहरूलाई स्थान दिनु पर्नेमा गल्ती गरेँ । पार्टीले नियुक्ति दिँदा, मन्त्री बनाउँदा त्यस्तालाई बढी प्राथमिकता दिनु गल्ती भयो ।’