अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सोपकोटालाई कारबाही (विज्ञप्तिसहित)

केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सोपकोटालाई कारबाही (विज्ञप्तिसहित)


काठमाडौं- प्रेस संगठन नेपालले पत्रकार तारामणि सापकोटालाई संगठनको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ ।

भोलि हुन लागेको पत्रकार महासंघको निर्वाचनमा प्रदेश-१ बाट केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिन इन्कार गरेपछि सापकोटालाई संगठनको जिम्मेवारीबाट हटाइएको हो ।

‘यस निर्वाचनमा प्रगतिशील, लोकतान्त्रिक गठबन्धनका उम्मेदवाहरूलाई विजयी गराउन केन्द्र, प्रदेश र जिल्लामा तालमेल गरिएको सन्दर्भमा संगठनको निर्देशनको पालना नगरी प्रदेश-१ बाट केन्द्रीय सदस्यमा दिइएको जिम्मेवारी फिर्ता लिन इन्कार गरी संगठनको अनुशासन उल्लंघन गरेकाले सापकोटालाई कारवाही गरी संगठनको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट हटाइएको जानकारी गराइन्छ,’ संगठनका केन्द्रीय अनुशासन आयोगका संयोजक सन्तोष पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै, संगठनको आधिकारिक प्यानलबाहेक अन्य रूपमा उम्मेदवारी दिएका उम्मेदवार, प्रस्ताव र समर्थकमाथि पनि कारवाही गर्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएको संयोजक पौडेलले जनाएका छन् ।