अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रचण्डप्रति प्रभु साहको कडा टिप्पणी- ‘निर्वाचित सांसदलाई हटाउने निर्णय निरंकुशताको पराकाष्ठा’

प्रचण्डप्रति प्रभु साहको कडा टिप्पणी- ‘निर्वाचित सांसदलाई हटाउने निर्णय निरंकुशताको पराकाष्ठा’


काठमाडौं- शहरी विकासमन्त्री प्रभु साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि कडा टिप्पणी गर्नु भएको छ । माओवादी केन्द्रले प्रतिनिधि सभा सदस्यबाट हटाउन संघीय संसद् सचिवालयमा पत्राचार गरेको भोलिपल्ट बुधबार साहले प्रचण्डप्रति कडा टिप्पणी गर्नु भएको हो ।

उहाँले फेसबुकमा लेख्नु भएको छ, ‘जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिकरकानूनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिका रूपमा क्रियाशील सांसदहरूको पदमाथि यसरी अनुचित रूपमा हमलाको दुष्प्रयास गर्नु आफैँमा प्रतिगामी कार्य हो ।’

मन्त्री साहले प्रचण्डको निर्णयलाई निरंकुशताको पराकाष्ठा र लोकतन्त्रको उपहास समेत भन्नुभएको छ । ‘आफू चुनाव जित्नलाई नेकपा (एमाले) सँग एकतारसहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख्नेहरूले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचत जनप्रतिनिधिमाथि कथित दल त्यागको कानूनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन,’ उहाँले लेख्नुभएको छ ।

प्रचण्डले सोधेको स्पष्टीकरणको जवाफमा मन्त्री साहले पठाएको पत्र :