अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलि बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची तय

भोलि बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची तय


काठमाडौं- संघीय संसद् सचिवालयले भोलि बस्ने प्रतिनिधि सभा बैठकका लागि सम्भावित कार्यसूची तयार पारिएको छ ।

संसद् सचिवालयले बुधबार दिउँसो तयार गरेको सम्भावित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी आयोग र थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने उल्लेख छ ।

त्यस्तै, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सूचना प्रविधिसम्बन्धी विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यक्रम पनि तय गरिएको सचिवालयले जनाएको छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकमा राष्ट्रिय सभाका पूर्वसांसद तथा पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानांगको निधनमा श्रद्धाञ्जलि पनि व्यक्त गरिने कार्यसूची छ ।

सम्भावित कार्यसूची :