अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भावकु हुँदै दिए माओवादीका मन्त्रीले दिए राजीनामा

भावकु हुँदै दिए माओवादीका मन्त्रीले दिए राजीनामा


काठमाडौं- गण्डकी प्रदेशका सरकारबाट राजीनामा दिनुभएका आन्तरिक मामला मन्त्री हरिबहादुर चुमानले ‘नमिठो निर्णय लिनुपरेको’ प्रतिक्रिया दिनुभएको छ ।

गण्डकी प्रदेशमा माओवादी संसदीय दलका नेता समेत रहनुभएका चुमानले प्रदेशसभा बैठकमा बोल्दै केन्द्रीय राजनीतिको प्रभावबाट आफूले मन्त्री पदबाट राजीनामा दिनुपरेको दुःखेसो गर्नुभएको छ ।

बैठकमा भावुक मुद्रामा प्रस्तुत हुनुभएका हरिबहादुरले सरकारमै बसेर सरकारको विरोध गरिरहनुपर्दा आफूहरुलाई अप्ठेरो परेको भन्दै राजीनामा दिएको स्पष्ट पार्नुभयो ।

‘जब पार्टीभित्र संघर्ष पैदा भयो, पार्टी अलग भएपछि त्यसको प्रभाव तलसम्म पर्दै गयो । फरकपनहरू देखिँदै जाने स्थिति देखियो । त्यस अवस्थामा सरकारमा बसेरभन्दा सरकार बाहिर रहेर प्रतिवाद गर्न र औँलो ठड्याउनु जरुरी छ भन्ने बुझाइ बन्दै गयो । र, यो जटिल राजनीतिक परिस्थितिमा नमिठो निर्णय लिनुपर्ने भयो ।’

केन्द्र सरकारले प्रदेशलाई मजबुद बनाउन नचाहेको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले नै संघीयताको मर्मलाई बोध गर्नुभएको छैन । प्रदेशलाई कमजोर बनाउँदै जाने उहाँको सोच देखिन्छ । माथि जे-जस्ता घटनाहरू हुन्छन्, त्यसको प्रभाव सिधै प्रदेशमा परेको छ । त्यसैले सरकारमा बस्न नैतिकताले पनि दिएन ।’

उहाँले थप्नुभयो, ‘सरकारलाई यहाँभन्दा अघि सहयोग गर्न सकिएन । देश र जनताको सेवा गर्ने अवसर दिनुभएकोमा मुख्यमन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिन्छु ।’

बैठकमा आउनुअघि उहाँले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा पत्र बुझाउनुभएको थिाये ।

उहाँको नेतृत्वमा रहेको माओवादी संसदीय दलले आज बिहान सरकारबाट हट्ने निर्णय गरेको थियो । त्यसलगत्तै चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले मुख्यमन्त्रीलाई राजीनामा बुझाउनुभएको थियो ।