काठमाडौं- नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान सकिएको छ । ७७ जिल्ला शाखामा, ४२ प्रतिष्ठानका १९ ठाउँमा र एक एसोसिएटको दशरथ रङ्गशालामा गरी ९७ केन्द्रमा मतदान भएको हो ।
केन्द्रीय समितिको चुनाव पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको हो । १३ हजार १ सय २२ जना मतदाता रहेकोमा ९० प्रतिशतभन्दा धेरै मत खसेको निर्वाचन समितिका प्रमुख कपिल काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाहरूमा मतगणना सुरू भइसकेको छ भने काठमाडौंमा बुधबार राति नौ बजेपछि सुरू हुनेछ ।
महासङ्घको ४९ पदाधिकारीका लागि १ सय ४५ जनाको उम्मेदवारी परेको छ । केन्द्रीय अध्यक्षमा निर्मला शर्मा र विपुल पोखरेल प्यानल तथा गजेन्द्रसिंह बुढाथोक स्वतन्त्र रूपमा चुनावी मैदानमा हुनुहुन्छ ।
प्रतिक्रिया