अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विरोधका लागि विरोध गर्नेहरूको कोलाहल देखेर छक्क पर्छु : शान्ता चौधरी

विरोधका लागि विरोध गर्नेहरूको कोलाहल देखेर छक्क पर्छु : शान्ता चौधरी


काठमाडौं- नेकपा एमालेकी सचेतक तथा सांसद शान्ता चौधरीले वर्तमान सरकारले तीव्र गतिमा विकासका काम गर्दा पनि विरोध गर्नेहरू देखेर आफू छक्क पर्ने गरेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको शून्यम समयमा बोल्दै उहाँले भन्नुभयो, ‘विरोधका लागि विरोध गर्नेहरूको कोलाहल देखेर म छक्क पर्छु । सरकार विकास गर्छ, जनतालाई हसाउँछ, खुसी दिन्छ तर विकास विरोधीहरूको आँखा रसाउँछ । अनि खुसी हराउँछ ।’

सांसद चौधरीले सरकारले गौतमबुद्ध विमानस्थल, धरहरा निर्माण हुँदा विपक्षीलाई छटपटी भइरहेकोसमेत बताउनुभयो ।

‘प्रधामन्त्री देशव्यापी रूपमा जाँदा जनलहर आउँछ, विरोधीहरूको निन्द्रा हराउँछ । विकास प्रेमीहरू अहिले खुसीले गद्गद् छन्, सुन्दैछु नयाँ वर्षको प्रवेशसँगै देशले अमूल्य चिज उपहार पाउँदैछ,’ उहाँले भन्नुभयो, ‘गौतमबुद्ध विमानस्थल सम्पन्न भयो । धरहरा मुसुक्क मुस्कुरायो । कोही भन्दैछन् जनता हाँस्दा म कसरी हाँसु? कठै बरा कसले होला पुछी दिने आँसु?’