अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय समितिमा अझै नेकपा कायम रहेको भन्दै सांसद अधिकारीको विरोध

संसदीय समितिमा अझै नेकपा कायम रहेको भन्दै सांसद अधिकारीको विरोध


काठमाडौं- नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री खगराज अधिकारीले संसदीय समितिमा आफूहरू नेकपा नै रहेको भन्दै विरोध जनाउनुभएको छ । बिहीबार प्रतिनिधिसभामा बोल्दै उहाँले विरोध जनाउनुभएको हो ।

फागुन २३ गतेको सर्वोच्च अदालतको निर्णयले आफूलाई नेकपाबाट एमाले र माओवादी केन्द्र बनाए पनि समितिमा नेकपा नै रहनुपरेको उहाँको गुनासो छ ।

‘अदालतले एमाले र माओवादी केन्द्र बनाएर फेरि एकीकरण गर्न आऊ भनेपछि जाने सकेनौं । त्यसैले हामी दुई पार्टी नै छौं तर समितिमा नेकपा हुन बाध्य छौँ,’ सांसद अधिकारीले भन्नुभयो ।