अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी परित्याग गरेका भट्टसहित चार सांसद पदमुक्त

माओवादी परित्याग गरेका भट्टसहित चार सांसद पदमुक्त


काठमाडौं- नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार जना मन्त्री सांसद पदबाट पदमुक्त हुनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबार बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराउनुभएको हो ।

माओवादी केन्द्रले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र कैलाली गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुने व्यवस्था छ ।