अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फेरि नयाँ क्रान्ति र अभियानमा जाने प्रतिवद्धता गर्दैछौँ : प्रचण्ड

फेरि नयाँ क्रान्ति र अभियानमा जाने प्रतिवद्धता गर्दैछौँ : प्रचण्ड


काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ किसिमको क्रान्ति गर्ने दाबी गर्नुभएको छ । त्यसका लागि आफूले दस्तावेज लेखिरहेको पनि खुलासा गर्नुभयो ।

‘फेरि नयाँ क्रान्ति र अभियानमा जाने प्रतिवद्धता गर्दैछौँ,’ प्रचण्डले भन्नुभयो । बिहीबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशका महिलाको भेलालाई सम्बोधन गर्दै प्रचण्डले नयाँ क्रान्तिको दाबी गर्नुभएको हो । महिलाको भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘यो भेलाले पनि मेरो दस्तावेजलाई खजाना मिलेको छ ।’

क्रान्ति सकिए पछि प्रतिक्रान्ति रोक्ने जिम्मा महिलालाई दिने सोच आफूले जनयुद्धको बेलामा बनाएको तर लागू गर्न नसकेको उहाँले बताउनुभयो ।

समाजवादको मिठो फल जनतालाई चखाउन ठूला कम्युनिष्ट पार्टी एक गरिएको भए पनि त्यो टिकाउन नसकिएको प्रचण्डले बताउनुभयो । ‘सरकार गठन गरियो तर दुर्भाग्य तीन वर्ष पुग्दा नपुग्दै आफ्नै सरकारले प्रतिगमन गर्ने दुर्भाग्य देखियो,’ उहाँले भन्नुभयो ।

प्राप्त उपलब्धि समेत संकटमा परेको दावी गर्दै प्रचण्डले जसले क्रान्ति गरेर यो व्यवस्था ल्याए त्यो व्यवस्था जोगाउन तिनै जनताको माझमा जानु परेको बताउनुभयो ।

‘अब एकचोटी फेरि हिजोको त्यो स्प्रीटलाई अगाडि बढाउने संकल्प गर्नुपर्ने भएको छ,’ प्रचण्डले भन्नुभयो ।
उहाँले सरकार परिवर्तनका लागि काठमाडौं जान हतार भएको बताउनुभयो । ‘भरे काठमाडौंमा महत्वपूर्ण मिटिङ छ, सरकार परिवर्तनको जुन कुरा चलिरहेको छ, त्यसलाई टुंगोमा पुर्याउनु परेको छ,’ उहाँले भन्नुभयो ।

समाजवादी क्रान्तिको नयाँ अभियान अघि बढाउने भन्दै प्रचण्डले वर्ग संघर्ष, उत्पादन र संगठनको अभियान एकसाथ अघि बढाउनु पर्ने बताउनुभयो ।

‘वर्ग संघर्ष अझै आवश्यक छ,’ प्रचण्डले भन्नुभयो । तर, वर्गसंघर्ष शान्तिपूर्ण हुने उहाँले दाबी गर्नुभयो ।