अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिनानिष्कर्ष सकियो तीन दलको बैठक

बिनानिष्कर्ष सकियो तीन दलको बैठक


काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक बिनानिष्कर्ष सम्पन्न भएको छ ।

सत्ता समीकरणका लागि गठबन्धन बनाउनेबारे छलफल गर्न बोलाएको सो बैठकले कुनै पनि ठोस निर्णय गर्न नसकेको हो ।

देउवा निवास बुढानिलकण्ठमा झण्डै आधा घण्टा बसेको बैठकमा माओवादी केन्द्र र जसपाका शीर्ष नेता उपस्थित भएका थिए ।

बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आजको बैठकमा जसपाले पार्टीमा छलफल गर्नका लागि समय माग गरेको जानकारी दिनुभयो ।

श्रेष्ठले अर्को बैठक छिट्टै बस्ने कुरा भएको समेत बताउनुभयो ।