अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आन्दोलनमा जानुपर्छ, नत्र हाम्रो अस्तित्व सकिन्छ : शक्ति बस्नेत

आन्दोलनमा जानुपर्छ, नत्र हाम्रो अस्तित्व सकिन्छ : शक्ति बस्नेत


काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य शक्तिबहादुर बस्नेतले माओवादीले चाहेर मात्र जनताको मन जित्न सजिलो छैन भन्नुभएको छ ।

शनिबार राजधानीमा माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले जनातको मन जित्न ठूलो आन्दोलनको आवश्यकता रहेकाे बताउनुभयो ।

‘माओवादीले फेरि क्रान्तिमा जानुपर्ने समय आएको छ । अब आन्दोलनमा जानुपर्छ, नत्र हाम्रो अस्तित्व सकिन्छ,’ उहाँले भन्नुभयो ।

‘जिन्दावाद र मुर्दावाद भनेर मात्र अब हाम्रो माग सम्बोधन हुनेवाला छैन । नयाँ ढंगले गाउँगाउँ पस्नुपर्ने अवस्था आएको छ । सबैले नेतृत्वलाई साथ दिनुपर्छ,’ बस्नेतले भन्नुभयो ।

माओवादी पार्टीको औचित्य फेरी नयाँ तरिकाले जनतालाई बुझाउनुपर्ने उहाँले बताउनुभयो ।