अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन दलीय गठबन्धनमा जान मुस्किल छ : लक्ष्मणलाल कर्ण

तीन दलीय गठबन्धनमा जान मुस्किल छ : लक्ष्मणलाल कर्ण


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता लक्षमणलाल कर्णले तीन दलीय गठबन्धनमा जान मुस्किल रहेको बताउनुभएको छ ।

‘हाम्रा मुद्दाहरूका सवालमा प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर हुनुहुन्छ । कांग्रेस हाम्रो कुरा सुन्न नै चाहँदैन, अनि कसरी गठबन्धनमा जान सकिन्छ ?,’ लक्ष्मणलालको प्रश्न छ ।

जसपाले छलफल गरेर चाँडै निर्णय दिने उहाँले बताउनुभयो । जसपाले आफ्ना मुद्दाहरू सम्बोधन गर्नेसँग मात्र गठवन्धन बनाउने उहाँले बताउनुभयो ।

‘प्रधानमन्त्रीले गर्छु भन्नुभएकै छ । कांग्रेसले गर्न सक्छ र ? सक्दैन । अब आफैँ कुरा बुझ्नुस्,’ आइएनए न्युज एजेन्सीसँगको कुराकानीमा लक्ष्मणलालले भन्नुभयो ।

उहाँले अगाडि भन्नुभयो, ‘पहिले पनि केपी ओलीले सरकारमा आउन भन्नुभएको थियो, हामीप्रति सकारात्मक हुनुहुन्थ्यो, त्यसकारण ओली सरकारसँग वार्ता तीव्र बनाएका छौँ ।’

शुक्रबार बुढानिलकण्ठमा बसेको तीन दलीय बैठकमा कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन प्रस्ताव राखेको थियो । उक्त प्रस्तावमा माओवादी केन्द्र सकारात्मक देखिए पनि जसपा सकारात्मक देखिएन । पार्टीभित्र छलफल गरेर मात्र निर्णय गर्ने जसपाका नेताहरूले भनेका थिए ।