अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा लगानी गर्ने वातावरण बन्दै गएको छ : प्रधानमन्त्री ओली

नेपालमा लगानी गर्ने वातावरण बन्दै गएको छ : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीलाई नेपालमा लगानी गर्ने वातावरण बन्दै गएको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ को ५५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा जस्तो उद्योगी व्यवसायीलाई धम्काउने, तर्साउने तथा जबर्जस्ती चन्दा असुल्ने जस्ता गतिविधि अहिले नरहेको बताउनुभयो ।

‘उद्योगका लागि चाहिने शान्तिपूर्ण वातावरण अहिले छ । अब नेपालका हिंसा छैन, चन्दा असुली छैन । विगतमा अकारण मारिने, अपहरणमा पर्ने, तर्साउने जस्ता गतिविधि थिए । यसको डरले तपाईहरूले थैलोमा भरेर पैसा चन्दा दिनुभयो । तर, अहिले हामी शान्तिपूर्ण र भयरहित वातावरणमा छौँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले महासंघले एक दशकभित्र मुलुकको आर्थिक अवस्था कस्तो हुने भन्ने परिकल्पनासहित तयार पारेको ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३० पुस्तक’ (भिजन पेपर) लगानीको वातावरण तयार पार्नका लागि सहयोगी सिद्धसमेत बताउनुभयो ।