काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूलाई एमालेका नेता कार्यकताहरूले मदन भण्डारीका रूपमा देख्न थालेको दाबी बताउनुभएको छ ।
‘पोहोर माघमा भएको केन्द्रीय समितिको बैठकको अध्यक्षता मैले गरेको थिएँ । त्यसमा ओलीको कुनै भूमिका थिएन । बैठकबाट निस्किँदा सबैको हसिलो मुद्रा थियो,’ माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले भन्नुभयो, ‘म त्यसपछि विभिन्न जिल्लाका प्रशिक्षण कार्यक्रममा गएँ । मेरो प्रशिक्षण देखेर एमालेकै कार्यकर्ताले हामीले तपाईमा मदन भण्डारी भेट्यौँ भन्न थालेका थिए ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो लोकप्रियता देखेपछि प्रतिक्रियावादीसँग मिलेर षड्यन्त्र गरेको प्रचण्डले दाबी गर्नुभयो ।
प्रतिक्रिया