अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसलाई जसपाले सहयोग नगरे ओली सरकार निरन्तर : एनपी साउँद

कांग्रेसलाई जसपाले सहयोग नगरे ओली सरकार निरन्तर : एनपी साउँद


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउँदले तीन दलको गठबन्धनमा जसपा नआए ओली सरकार नढल्ने बताउनुभएको छ ।

राजपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न सहयोग नगरे सरकारको निरन्तरता रहने बताउँदै उहाँले भन्नुभयो, ‘हाम्रो दबाब छ जसपालाई, उहाँहरू आउनैपर्छ । जसपा नआए ओली सरकार निरन्तर चल्छ ।’

उहाँले अगाडि थप्नुभयो, ‘जसपाले सरकारसँग पनि वार्ता गर्ने हामीसँग पनि वार्ता गर्ने गरेकोे छ । तर, सरकार ढलाउन हामी सबैको जसपालाई दबाब छ । हामीसँग उहाँहरूको सहकार्य हुन्छ ।’

जसपाले सहकार्य नगरे कांग्रेसले सरकार हल्लाउनसमेत नसक्ने नेता साउँदको आँकलन छ ।

‘जसपाले हामीलाई सहयोग नगरे बहुमत नै पुग्दैन । बहुमत पुगेन भने त अविश्वासको प्रस्ताव ल्याउनुको के अर्थ हुन्छ ? संसदीय अंक गणितमा हाम्रो संख्या पुगेन भने त सरकारको निरन्तरता नै रहन्छ,’ उहाँले भन्नुभयो ।