अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी

पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी


काठमाडौं- नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोखरेल निर्वाचित हुनुभएको हो ।

निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेका अनुसार पोखरेल छ हजार ९४२ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी शर्माले तीन हजार ९१५ मत प्राप्त गर्नुभएको छ ।

अध्यक्षकै अर्का उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले ४९१ मत र रामप्रसाद दाहालले १५६ मत प्राप्त गर्नुभएको छ । यही चैत २५ गते पहिलोपटक महासङ्घमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान गरिएको थियो । पोखरेल प्यानलका अधिकांश उम्मेदवार विजयी हुनुभएको हो ।

निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित हुनुभएको छ ।

यस्तै, खुला सचिवमा गोविन्द चौलागाईँ, सचिव (महिला) मा सिर्जना अर्याल, सचिव (आदिवासी जनजाति) नारायणसुन्दर किलम्बू, सचिव (मधेसी) दीपेन्द्र चौहान, सचिव (दलित)मा हेमकर्ण विक र सचिव (एशोसिएट)मा पवन आचार्य निर्वाचित हुनुभएको छ ।

यस्तै, लेखासमिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित हुनुभएको छ ।