अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चक्रपथ बाहिरका सडक निर्माण अघि बढ्यो

चक्रपथ बाहिरका सडक निर्माण अघि बढ्यो


काठमाडौं- गत आर्थिक वर्षमा मुख्य सडकमा निर्माणको काममा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आवमा चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ । चालू आवमा २० किमी सडक निर्माण सकिएको डिभिजनले जनाएको छ ।

काठमाडौं जिल्लाबाट अरू जिल्लासम्म जोडिने स्थानमा पनि निर्माणको काम भइरहेको छ । तीमध्ये कतिपय नयाँ निर्माण र कतिपय पुनःस्थापनाको काम भएको कार्यालयले जनाएको छ । सिन्धुपाल्चोक जिल्ला नजिकै पर्ने भोटेचौर, जर्सिङपौवामा सडक निर्माण भइरहेको कार्यालयका प्रमुख कुबेर नेपालीले बताउनुभयो ।

उहाँका अनुसार अहिले काभ्रेस्थली जाने सडकको निर्माण भइरहेको छ । चक्रपथ बाहिरका क्षत्रेमा बूढानीलकण्ठबाट डाडाँगाउँ, भङ्गाल र कपन क्षेत्रमा भइरहेको छ । उहाँले भन्नुभयो, ‘यीमध्ये धेरै ठाउँमा नयाँ बनाउने नै काम भइरहेको छ ।’

चालू आवमा नै बूढानीलकण्ठ सडकको पुनःस्थापनाको गरिने उहाँले बताउनुभयो । यो सडकमा अहिले नेपाल विद्युत् प्राधिकरणले विद्युतीय तार भूमिगत गरिरहेको छ । उहाँले भन्नुभयो, ‘प्राधिकरणले तार भूमिगत गरेर खाल्टा टालेपछि त्यहाँ निर्माणको प्रक्रियाअघि बढाइनेछ ।’

गत आवमा काठमाडौंका मुख्य सडकमा निर्माण वा मर्मतको काम भएकामा चालू आवमा चक्रपथ बाहिर काम बढी भएको देख्न सकिन्छ । मुख्य सडकमा पनि गत आवमा बाँकी ठाउँमा ‘ओभर ले’ गरिने प्रमुख नेपालीले बताउनुभयो । अहिले निर्माणको काम भइरहेको सडकमा दोहोरोपना नआयोस् भनेर अरु निकायसँग समन्वयमा काम गरिरहेको कार्यालयले जनाएको छ ।

सडक बनाएपछि खन्न नपरोस् भनेर अरू निकायसँगको समन्वयमा काम अघि बढाइएको हो । उहाँले भन्नुभयो, ‘चक्रपथ बाहिर काम कम देखिने भए पनि बाहिरी क्षेत्रमा काम भइरहेको छ ।’