अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी

शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी


काठमाडौं- काठमाडौंको बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रय निकुञ्जको जङ्गलमा आगलागी भएको छ । आइतबार बिहानदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगो के कारणले लागेको पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।

प्रहारी प्रभाग बुढानिलकण्ठका अनुसार सिम्रिक एयरलाइन्सले पानी हाल्ने तयारी गरिरहेको छ । साथै, दुई/तीन वटा दम्कल आगलागी स्थलमा पुगिसकेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म चार सय मिटरको परिधि हाराहारीमा आगलागी भएको प्रहरीले जनाएको छ ।