अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओलीलाई साथ दिने/नदिने कुरा महन्थको हातमा : उपेन्द्र यादव

ओलीलाई साथ दिने/नदिने कुरा महन्थको हातमा : उपेन्द्र यादव


काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने/नदिने भन्ने कुरा अध्यक्ष महन्थ ठाकुरको हातमा रहेको बताउनुभएको छ ।

उहाँले सत्ता साझेदारीका लागि ओलीलाई साथ दिन पहिला महन्थले आफूलाई मनाउनुपर्ने समेत बताउनुभयो ।

जसपा अध्यक्ष ठाकुर ओलीसँग सत्ता साझेदारीका लागि तयार हुनुहुन्छ । तर, उपेन्द्र यादव, बाबुराम भटट्राई लगायत नेताले ओलीसँग कुनैपनि हालतमा सहकार्य गर्न नसकिने बताउँदै आउनु भएको छ । उहाँहरू कांग्रेस र माओवादीसँग सहकार्य गर्ने पक्षमा हुनुहुन्छ । यही विषयका कारण जसपा लगभग फुटको संघारमा पुगेको छ ।

प्रधानमन्त्री ओलीले आफूहरूका माग पूरा गर्न थालिसक्नुभएको महन्थले बताउँदै आउनु भएको छ । उहाँले कांग्रेस र माओवादीसँग सहकार्य हुनै नसक्ने पनि बताइसक्नुभएको छ ।

आफूलाई विस्वस्त पार्न सके महन्थको विचारसँग सहमत हुन सकिने यादवले बताउनुभयो ।

‘ओलीसँग महन्थ जी त्यसै सति जाने योजनामा त हुनुहुन्न होला, केही केही त छ, उहाँले (महन्थ) ले कन्भिन्स पार्न सक्नुभयो भने उहाँको विचारमा सहमत हुन सक्छु,’ आईएनए न्युज एजेन्सीसँगको कुराकानीमा उपेन्द्रले भन्नुभयो, ‘यस विषयमा अहिले पनि आफूहरू छलफलमा छौँ । केही दिनभित्र एकै विचारसाथ उभिन्छौँ, त्यो कुरा महन्थजीको हातमा छ, उहाँले मलाई कसरी विश्वस्त पार्न सक्नुहुन्छ ।’