अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नौमुरे आयोजना निर्माणमा बजेट अभाव हुन दिन्नौँ : मन्त्री रायमाझी

नौमुरे आयोजना निर्माणमा बजेट अभाव हुन दिन्नौँ : मन्त्री रायमाझी


काठमाडौं- नौमुरे वहुउद्देश्यीय जलविद्युत आयोजनाको आयोजना साइट कार्यालय उद्घाटन गरिएको छ ।

उर्जा जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले आइतबार एक समारोहबीच अर्घाखाँचीको सितगंगा-७ तामातालमा सो कार्यालयको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले नौमुरे आयोजनाको काम तिब्र गतिमा अगाडि बढाइने बताउनुभयो । मन्त्री रायमाझीले सो आयोजना बनेपनि अर्घाखाँचीको कर्णाली भनेर चिनिने क्षेत्रको कायापलट हुने बताउनुभयो । सो आयोजना निर्माणका लागि बजेटको कमी हुन नदिइने प्रतिबद्धता समेत मन्त्री रायमाझीले जनाउनुभयो ।

सो आयोजना बनेपछि अर्घाखाँचीसँगै दाङ, प्यूठान लगायत क्षेत्रका बासिन्दा पनि लाभान्वित हुनेछन् । २ सय ८१ मेगावाट क्षमताको सो परियोजनालाई लुम्बिनी प्रदेशको विकासको कोशेढुंगा मानिएको छ । सो आयोजना बनेपछि ३० हजार बढी हेक्टर जमिनमा सिँचाई सुविधा समेत पुग्नेछ ।