अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम रावलले मलाई गरेको कारवाही ‘जोक्स अफ दि इयर’ हो : कर्ण थापा

भीम रावलले मलाई गरेको कारवाही ‘जोक्स अफ दि इयर’ हो : कर्ण थापा


काठमाडौं- ‘भीम रावलले मलाई कारवाही गरेको भद्दा मजाक पनि मिडियामा आउँछ र?’ नेकपा एमालेका नेता कर्ण थापाले प्रतिप्रश्न गर्नुभयो ।

नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालको गुटका सदस्य भीम रावलले नेता थापालाई कारवाही गरेको घोषणा गर्नुभएको छ । रावलले गर्नुभएको कारवाही पछि आईएनए न्युज एजेन्सीसँग कुराकानी गर्दै कुरा गर्दै थापाले भन्नुभयो, ‘मलाई उनीहरूले गरेको कारवाही ‘जोक्स अफ दि इयर’ हो । हास्यास्पद हो ।’

‘पार्टीमा जिम्मेवारी विहीन र निलम्बित मान्छेले कर्ण थापालाई कारवाही गरेको भनेर दुनियाँलाई हसाएका छन् । भोलि यिनले अध्यक्ष केपी शर्मा ओलीलाई पनि कारवाही गरेको घोषणा गर्न बेर छैन,’ थापाले भन्नुभयो ।

‘अनेक स्टन्ट र फण्डा गरेर चर्चामा आउने यिनको मेलोमेसो हो । मलाई कारवाही गरेको भनेपछि मिडियामा आइन्छ र आफ्नो पनि चर्चा हुन्छ भनेर गरेका होलान्,’ थापाको टिप्पणी छ ।

उहाँले अगाडि भन्नुभयो, ‘यस्तोलाई कारवाही भनिँदैन । कारवाही भनेको कस्तो हुन्छ भन्ने हामी आउँदो चुनावमा देखाइदिन्छौँ । चुनावमा जनकारवाहीका लागि भीम रावलहरू तयार भएर बसे हुन्छ ।’

तपाईंलाई गुण्डागर्दी र अनैतिक काम गरेको भनेर उहाँहरूले आरोप लगाउनुभएको छ, यसमा के टिप्पणी गर्नुहुन्छभन्दा उहाँको जवाफ थियो, ‘मेरो केही पनि टिप्पणी छैन । उहाँहरूले कारवाही केही दिन ढिलो गर्नुभयो । अप्रिल फुलको दिन कारवाही गरेको भए सुहाउँथ्यो । अथवा, गाईजात्राको दिन पारेर कारवाही गरेको भए राम्रो हुन्थ्यो ।’