अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा

शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा


काठमाडौं- शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलका अनुसार आज बिहान दिँउसो डढेलो लागेपछि सिम्रिक एयरको हेलिकोप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिइएको हो ।

्रहेलिकोप्टरमा पानी भर्नका लागि होटल सब्रिनाको स्वीमिङ पुल र मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

त्‍यअघि काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल आगो नियन्त्रणका लागि पुगेका थिए ।