अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका केही समानुपातिक सांसदलाई फिर्ता बोलाइँदै

एमालेका केही समानुपातिक सांसदलाई फिर्ता बोलाइँदै


काठमाडौं– नेकपा एमाले संसदीय दलले पार्टी हित विपरीत काम गरेको भन्दै केही समानुपातिक सांसदलाई कारवाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

कसकसलाई कस्तो कारवाही गर्ने भन्ने बारेमा प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले निकटस्थहरुसँग परामर्श गर्न सुरु गर्नुभएको छ । ‘आज पनि प्रधानमन्त्रीले यस विषयमा छलफल गर्दै हुनुहन्छ । प्रारम्भिक चरणमा उहाँहरुलाई सांसद पदबाट फिर्ता बोलाउने, त्यसपछि पनि पार्टी हित विपरीत गतिविधि गरिरहे पार्टी सदस्यबाटै निलम्वन गर्ने तयारी छ,’ श्रोतले नेपाली बहस डट कमसँग भन्यो, ‘पार्टीले  पटक–पटक सजग गराउँदा गराउँदै पनि पार्टी र अध्यक्ष एवं प्रधानमन्त्री ओलीविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने सांसदहरु कारवाहीको पहिलो सूचीमा छन् ।’

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भन्नुभयो, ‘सांसद नियुक्ति र फिर्ता बोलाउने अधिकार अध्यक्षको, अरु मलाई थाहा भएन ।’

उच्च स्रोतका अनुसार कारबाहीको पहिलो सुचीमा मुकुन्द न्यौपाने, कल्याणी खड्का र रामकुमारी झाँक्रीलाई राखिएको छ । ‘यस विषयमा आज छलफल हुन्छ । अहिले नै फिर्ता बोलाउने कि केही समय कुर्ने भन्ने मत पनि आएको छ,’ स्रोतले भन्यो ‘फिर्ता बोलाउने निर्णय भएमा पार्टीले संसद सचिवालयलाई जानकारी दिन्छ । संसदले निर्वाचन आयोगलाई पद खाली भएको जानकारी दिए पछि नयाँ मनोयनको प्रक्रिया अघि बढ्छ ।’

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने सांसद नियुक्ति र फिर्ता बोलाउने अधिकार पार्टी अध्यक्षको भएको उल्लेख गर्दै आफू जानकार नभएको प्रतिक्रिया दिनुभयो । ‘सांसद नियुक्ति र फिर्ता बोलाउने अधिकार अध्यक्षको अरु मलाई थाहा भएन,’ उहाँले भन्नुभयो ।