अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सीसीएमसीको सिफारिसबारे आजको क्याबिनेटमा छलफल हुने

सीसीएमसीको सिफारिसबारे आजको क्याबिनेटमा छलफल हुने


काठमाडौं- कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

मन्त्रिपरिषदको बैठक आज साँझ बस्दैछ । उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको सीसीएमसीको शनिवारको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको छ । सीसीएमसीले काठमाडौंलगायतका शहरी क्षेत्रमा ३ साता विद्यालय बन्द लगायत अन्य नयाँ मापदण्डहरु सिफारिस गरेको छ ।

नयाँ प्रजातिको कोभिड संक्रमणको जोखिम बढिरहेका बेला नियन्त्रणका लागि सरकारले चाल्ने थप कदमबारे बैठकमा छलफल हुने बताइएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको सीसीएमसीको शनिबारको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

प्रधानमन्त्रीले दुई दिनअघि व्यवसायीसँगको भेटमा मापदण्ड पालना नगरे पुनः लकडाउन हुनेतर्फ सजग गराउनुभएको थियो ।