अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले १०औँ राष्ट्रिय महाधिवेशन कमिटीको बैठक वैशाख ६ गते

एमाले १०औँ राष्ट्रिय महाधिवेशन कमिटीको बैठक वैशाख ६ गते


काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार ६ वैशाखमा महाधिवेशन आयोजक कमिटी बैठक बोलाइएको हो ।

बैठकमा महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकालगायतका विषयमा रणनीति बनाइने उहाँले जानकारी दिनुभयो ।

यसबाहेक पार्टीभित्र अहिले देखिएका समस्याहरूको बारेमा समेत ठोस निर्णय लिएर अगाडि बढ्ने तयारी रहेको छ ।

एमालेले २ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । तर, तीमध्ये माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई एमालले ६ महिनाका लागि निलम्बन गरिसकेको छ । पार्टी हित विपरित काम गरेको भन्दै चार नेतालाई एमालले कारबाही गरेको हो ।

पार्टी केन्द्रीय कमिटीको दशौँ, एघारौँ र बाह्रौँ बैठकले केन्द्रीय कमिटीलाई एमालेले महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेको थियो । पार्टीमा अध्यक्ष र महासचिवमात्र राखेर एमाले केन्द्रीय कमिटी बैठकले अरू पदाधिकारी खारेज गरेको थियो ।