अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध


काठमाडौं- जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत निर्विरोध चयन हुनुभएको छ । जनकपुरधाममा सम्पन्न पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट राउतलाई अध्यक्ष चयन गरिएको हो ।

राउतको मात्र एकल उम्मेदवारी आए पछि उहाँ निर्विरोध चयन हुनुभएको हो ।

उपाध्यक्षमा मोहम्मद अब्दुल खान, इन्जिनियर वसन्त कुशवाहा, इन्जिनियर दीपककुमार साह र इन्जिनियर नरेन्द्रप्रसाद चौधरी निर्वाचित हुनुभएको छ ।

महासचिवका एकल उम्मेदवार चन्दनकुमार सिंह निर्वाचित हुनुभएको छ । २३ जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ ।