अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुटवलमा तीनसहित चार कोरोना संक्रमितको मृत्यु

बुटवलमा तीनसहित चार कोरोना संक्रमितको मृत्यु


काठमाडौं- बुटवल र कैलालीमा उपचाररत चार जना कोरोना संक्रमितको सोमबार बिहान मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णुप्रसाद गौतमका अनुसार रूपन्देहीको तिलोत्तमा नगरपालिका-१ की ७१ वर्षीया महिलाको सोमबार बिहान भएको भएको हो । चैत २१ गते संक्रमण पुष्टि भएकी ती महिला २३ गते मात्र अस्पताल भर्ना भएकी थिइन् ।

अर्घाखाँचीको मालारानी-५ की ७९ वर्षीया महिलाको पनि सोमबार बिहान ज्यान गएको अस्पतालले जनाएको छ । चैत २७ गते संक्रमण पुष्टि भएकी ती महिला सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।

कपिलवस्तुको वाणगंगा नगरपालिका-३ का एक जना पुरुषको पनि सोमबार नै ज्यान गएको अस्पतालले जनाएको छ । ती पुरुषमा पनि चैत २७ गते संक्रमण देखिएपछि अस्पताल भर्ना भएका थिए ।

उता कैलालीको गोदावरी नगरपालिका-३ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको पनि ज्यान गएको छ । आइतबार संक्रमण पुष्टि भएका ती पुरुषको सोमबार ज्यान गएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । ती पुरुष फागुन पहिलो साता भारतबाट आएका थिए ।