अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीलाई तुरुन्तै संसदको विषय बनाइयोस् : खगराज अधिकारी

एमसीसीलाई तुरुन्तै संसदको विषय बनाइयोस् : खगराज अधिकारी


काठमाडौं- नेकपा एमालेका सांसद खगराज अधिकारीले कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा गरिएको एमसीसी सम्झौता तत्काल संसद्को विषय बनाउन आग्रह गर्नु भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले यस्तो आग्रह गर्नु भएको हो ।

‘एमसीसीलाई यो संसद्मा कति वर्ष लट्काउने ? एमसीसीलाई तुरुन्तै संसद्को विषय बनाइयोस् भनी माग राख्छु,’ सांसद अधिकारीले भन्नुभयो ।

त्यस्तै, सांसद खेमप्रसाद लोहनीले एक मिनेटभित्र सरकारका तीन वर्षका उपलब्धि वर्णन गर्नुभयो । सरकारले ३९६ आधारभूत अस्पताल शिलान्यास गरेको, मेलम्ची आयोजना उद्घाटन गरेको, १६५ रणनीतिक सडकको शिलान्यास गरेको, पालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे बनाउने काम थालेको, दैनिक दुईटा झोलुंगे र एउटा मोटरेबल पुल बनाएको चर्चा गर्नुभयो ।

उहाँ भन्नुभयो, ‘१ सय ६५ निर्वाचन क्षेत्रमा रणनीतिक सडक शिलान्यास गर्दा केही माननीयलाई चित्त दुखेको छ ।’

अर्का सांसद घनश्याम खतिवडाले विश्वासको मत फिर्ता लिन्छु भन्ने तर फिर्ता नलिने, प्रधानमन्त्रीको राजीनामा माग्ने तर अविश्वासको प्रस्ताव नराख्ने काम भइरहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई विधि र नियमले हटाउन मिल्छ तर त्यो बाटो हिँड्न किन अनिच्छा देखाएको ?’