अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनता र पार्टीविरुद्ध ज्यादती गरेको सहन सक्दिन : प्रधानमन्त्री ओली

जनता र पार्टीविरुद्ध ज्यादती गरेको सहन सक्दिन : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीविरुद्धका गतिविधि सहन नसकिने बताउनु भएको छ ।

उत्पीडित जातीय मुक्ति समाजको भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनता र पार्टीविरुद्ध नलाग्न माधव गुटलाई चेतावनी दिनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सहने पनि एउटा हद हुन्छ, मविरुद्ध जेजे गर्नुस्, तर पार्टी र जनताविरुद्ध ज्यादती गरेको म सहन्नँ ।’

जनता र पार्टीविरुद्धका गतिविधि रोकेर पार्टीमा फर्कन उहाँले माधव नेपाललाई आग्रह गर्नुभयो । पार्टीमा बसेर आफूलाई जति कटाक्ष गरेपनि फरक नपर्ने तर पार्टी विरोधी गतिविधि गरे माधवलाई ठीक पार्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पनि माधवजी पार्टी विरोधी काम गर्दै हुनुहुन्छ, म यसको सीमा हेरिरहेको छु ।’ माधव लगायत चार नेतालाई पार्टी हित विपरित काम गरेको भन्दै एमालेले ६ महिनाका लागि निलम्बन गरेको छ ।

माधव नेपालले गल्ती स्वीकारेर आए अझै पनि पार्टीमा ठाँउ भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नै पार्टी सम्झेर आउनुस्, गल्ती स्वीकारेर आउनुस,पूरै जिम्मेवारी दिन्छौं, पार्टी फुटाएर गएको चोइटोलाई पार्टी स्वीकार गर्न सकिन्न ।’

प्रधानमन्त्री ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन माधव नेपाललाई आग्रह गर्नुभयो । आजसम्म गरेका पार्टी विरोधी अपराधहरुको आत्मआलोचना गरे मात्र माधवलाई पार्टीमा स्वागत गरिने समेत प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘माधवजी पार्टीमा आए हामी स्वागत गर्छौं, तर पार्टीलाई ध्वस्त गर्ने काम भने गर्न पाईंदैन, गुटबन्दी गर्न पाईंदैन ।’