अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

हिन्दु महासंघको कार्यालयमा आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न माग

हिन्दु महासंघको कार्यालयमा आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न माग


काठमाडौं- काठमाडौंको बासबारीमा रहेको विश्व हिन्दु महासंघको कार्यालयमा गरिएको तोडफोडको घटनाप्रति विश्व हिन्दु महासंघले निन्दा गर्दै यस्ता गतिविधिमा संलग्नलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने बताएको छ।

आज महासंघका महासचिव अस्मिता भण्डारीले एक विज्ञप्ति जारी गर्दै यस्तो घृणित कार्यमा संलग्न अपराधीलाई तत्काल कारबाहीको दायरामा ल्याई कानुनबमोजिम कारबाही गर्न सरकारसमक्ष माग गर्नु भएको हो ।

उहाँले सरकारलाई हिन्दु धर्मका सन्त, महन्त, मठमन्दिर र हिन्दु संघ संगठनका कार्यलयमा पूर्ण सुरक्षा प्रत्याभूति गराउन पटकपटक ध्यानाकर्षण गराउँदै आएका समेत उल्लेख गर्नु भएको छ ।