अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वैशाख ७ देखि ११ गतेसम्म कोभिड खोपको दोस्रो डोज लगाइने

वैशाख ७ देखि ११ गतेसम्म कोभिड खोपको दोस्रो डोज लगाइने


काठमाडौं– सरकारले आगामी वैशाख ७ देखि ११ गतेसम्म कोभिड खोपको दोस्रो डोज लगाउन सुरु गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो डोज खोप लगाउन लागिएको हो ।

स्वास्थ्य मन्त्रालयले भेरो सेल कोभिड खोप अभियान वैशाख ५ गतेसम्म सञ्चालन गर्ने, हाल सञ्चालित कोभिड खोप अभियानमा ४० देखि ५९ वर्षसम्म उमेरका सम्पूर्णलाई भेरो सेल खोप प्रदान गर्ने, सार्वजनिक यातायातका चालक तथा सहचालकहरुलाई पनि खोप सेवा प्रदान गर्ने र हाल सञ्चाल भएको लक्षित वर्गलाई निरन्तरता दिने निर्णय गरेको छ ।