अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँका तीन नेताद्वारा माधव समूह छोडेको घोषणा

तनहुँका तीन नेताद्वारा माधव समूह छोडेको घोषणा


तनहुँ- नेकपा एमाले तनहुँका जिल्ला उपसचिव र युवा संघ नेपालका दुई जना केन्द्रीय सदस्यहरूले माधवकुमार नेपाल समूहलाई साथ नदिने घोषणा गर्नु भएको छ ।

एमाले तनहुँका जिल्ला उपसचिव विष्णुभक्त सिग्देल, युवा संघका केन्द्रीय सदस्यहरू नारायण थापा र सुशील सिग्देलले माधव समूहलाई साथ नदिने घोषणा गर्नु भएको हो ।

उहाँहरूले आज आफूहरू संस्थापन एमालेमै फर्किएको एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतलाई जानकारीसमेत दिइसक्नुभएको छ ।

देशभर समानान्तर कमिटी बनाउँदै हिँडेका नेपाल समूहलाई कार्यक्रमतले दिनहुँ साथ छाडिरहेका छन् ।

युवा संघका पूर्वअध्यक्षसमेत रहनुभएका बस्नेत आज राष्ट्रिय युवा संघ नेपालको जिल्ला स्तरीय र्‍याली तथा आमसभामा सम्बोधन गर्न तनहुँमा हुनुहुन्छ ।

कार्यक्रममा आबुखैरेनी, डुम्रे, भिमाद, शुक्लागण्डकी लगायत स्थानबाट आएको मोटर साइकल र्‍यालीले दमौली बजार परिक्रमा गरेको थियो ।