अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ठूलो संख्यामा जसपा र माआवोदीका कार्यकर्ता एमाले प्रवेश

ठूलो संख्यामा जसपा र माआवोदीका कार्यकर्ता एमाले प्रवेश


काठमाडौं- विभिन्न पार्टीबाट ठूलो संख्यामा नेकताकार्यकर्ता नेकपामा एमालेमा प्रवेश गर्नु भएको छ । माओवादी, जसपालगायत पार्टीबाट मधेसबाट प्रतिनिधित्व गर्ने ४५ नेताकार्यकर्ता एमालेमा प्रवेश गर्नु भएको हो ।

उहाँहरूलाई मंगलबार प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माला र टीका लगाएर एमालेमा स्वागत गर्नुभयो ।

एमालेका केन्द्रीय सदस्य बलबीर चौधरी, केन्द्रीय सदस्य ज्वालाकुमारी साह, प्रदेश कमिटी सदस्य जयचन्द पटेल र जिल्ला नेता धुरी साहको नेतृत्वमा उहाँहरूलाई एमालेमा प्रवेश गराइएको बताइएको छ । पछिल्लो समय विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको छ ।

आज मात्रै विगतमा माधवकुमार नेपालनिकट मानिने तनहुँका तीन जना नेता पनि संस्थापन एमालेममा फर्किनु भएको छ ।

संस्थापन एमालेमा फर्किनेहरूमा एमाले तनहुँका जिल्ला उपसचिव विष्णुभक्त सिग्देल, युवा संघका केन्द्रीय सदस्यहरू नारायण थापा र सुशील सिग्देल रहनुभएको छ । उहाँहरूले माधव समूहलाई साथ नदिने घोषणा गर्दै संस्थापनमा फर्किएको बताउनुभएको छ ।

उहाँहरूले आज आफूहरू संस्थापन एमालेमै फर्किएको एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतलाई जानकारीसमेत दिइसक्नुभएको छ ।