अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेपाललाई बाँस्कोटाको नयाँ वर्षको शुभकामना– ‘उद्देलित नहुनुस्, घोत्लिनुस्’

नेपाललाई बाँस्कोटाको नयाँ वर्षको शुभकामना– ‘उद्देलित नहुनुस्, घोत्लिनुस्’


काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले माधव नेपालाई नयाँ वर्षको शुभकामना दिंदै अहिले उद्येलित नभइ नभइ घोत्लन सुझाव दिनुभएको छ ।

मध्यरातमा ट्विट गर्दैै आफूसहित आफ्ना पक्षका सयौंको राजनीतिक जीवनको रक्षा गर्न नेपाललाई बाँस्कोटाले आग्रह गर्नभएको छ । कहिलेकाँही छेउको सियो माझैमा हुन्छ भन्ने स्मरण गर्न पनि बाँस्कोटाले सुझाउनु भएको छ । बाँस्कोटाले लेख्नुभएको छ ‘जे गर्दै हुनुुहुन्छ विनास जे सोच्नु हुनेछ सृजनात्मक एकता शुभरात्री ।’

बाँस्कोटाले लेख्नुभएको छ ‘माधव कमरेड, नयाँ वर्षको शुभकामना । तपाईंको ५० वर्षे राजनीतिक यात्रा जोखिममा छ । डिलबाट फर्कनुहोस् र सयौंको राजनीतिक जीवनको रक्षा । किनभने यो समय तपाईं उद्येलित हुने होइन, घोत्लिने हो । समय भन्छ छेउ छेउको सियो माझैमा कोही बेला । जे गर्दै हुनुुहन्छ विनास, जे सोच्नुहुनेछ सृजनात्मक एकता शुभरात्री ।’