अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२०७७ सफलताको वर्ष : प्रधानमन्त्री

२०७७ सफलताको वर्ष : प्रधानमन्त्री


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ लाई सफलताको वर्षकोरुपमा चित्रित गर्नुभएको छ ।

पृथकतवाद र हिंसालाई मूलधारमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राजनीतिकरूपमा २०७७ साल सफलताको वर्ष भएको बताउनुभयो । देशबासीका नाममा बुधबार बिहान सिंहदरबारबाट सम्बोधन गर्दै उहाँले विकासका लागि पनि गत साल सफल भएको बताउनुभयो ।

जीवनको सुरक्षालाई प्राथमिक महत्वमा राखेको बताउँदै उहाँले सरकारको सही नीतिकै कारण तुलनात्मकरुपमा कोरोना संक्रमणमा कम क्षति भएको दाबी गर्नुभयो ।

आर्थिकरूपमा भने प्रतिकूल असर परेको प्रधानमन्त्रीले बताउनुभयो ।

‘हामी ऋणात्मक अवस्थामा जानुपरेन, ’उहाँले भन्नुभयो, ‘कृषिका क्षेत्रमा राम्रो उपलब्धी हासिल गरेका छौं, व्यापार घाटा कम गर्ने दिशामा केही सफलता प्राप्त गरेका छौं ।’