अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार लकडाउन गर्ने मनस्थितिमा छैन : प्रधानमन्त्री ओली

सरकार लकडाउन गर्ने मनस्थितिमा छैन : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गर्नभएको छ । आज नयाँ वर्ष २०७८ को अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले कोभिड १९ को महामारीबाट बच्नका लागि स्वास्थ्य सतर्कताका मापदण्ड कडाईका साथ पालना गर्न सबैलाई आव्हान गर्नुभयो ।

उहाँले मानव स्वास्थ्य र मानव जीवननै सबैभन्दा महत्वपूर्ण भएको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्न र चिकित्सकका परामर्शलाई शिरोधार्य र गरि आफुलाई सुरक्षित राख्न आग्रह गरे ।

महामारी ह्वात्तै बढेपछि कतिपय विकसित देशहरुले पनि दोश्रो तेश्रो चरणमा लकडाउन गरिरहेको प्रशंग उल्लेख गर्दै उनले स्वास्थ्य सतर्कताका मापदण्ड प्रयोग गरेर नै महामारी नियन्त्रणमा राखेर सामाजिक आर्थिक क्रियाकलाप सञ्चालन गर्नुपर्छ भन्ने सोचमा सरकार रहेको स्पष्ट पार्नुभयो ।

‘सरकार सकभर लकडाउन गर्ने मनस्थितिमा छैन । कतिपयले आजै लकडाउन हुन्छ । भरे नै लकडाउन हुन्छ । भोलि नै लकडाउन हुन्छ । भन्ने हल्ला चलाएका थिए । तर, सरकार सकेसम्म लकडाउनमा जान चाहदैन । तर, हामीले हेक्का राख्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘युरोपका कतिपय विकसित भनिएका देशहरू, जब महामारी ह्वात्तै फैलियो, त्यस्तो अवस्थामा लकडाउनमा गएका छन् ।’

उहाँले २०७७ सालमा कोभिड १९ महामारीको असरका कारण सामाजिक जनजीवन, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रलाई आक्रान्त बनाएको बताउनुभयो ।

कोभिड १९ कात्तिकबाट नियन्त्रित गर्दै ल्याएको भएपनि चैत्र देखि फेरी बढ्न थालेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्र लगायत विकासका आकांक्षाहरुमा प्रतिकुल असर नपरोस् भन्नका लागि सबै सजग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।