अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच जिल्लामा भोलि पनि सार्वजनिक बिदा

पाँच जिल्लामा भोलि पनि सार्वजनिक बिदा


काठमाडौं- सरकारले भोलि (बिहीबार) पाँच जिल्लामा सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका अनुसार
सिरूवा-पवानी पर्वको उपलक्ष्यमा पाँच जिल्लामा बिदा दिने निर्णय गरिएको हो ।

बिहीबार झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णयानुसार २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने ुसार्वजनिक बिदाु गत चैत ९ गते नै राजपत्रमा प्रकाशित गरेको थियो ।

सो राजपत्रमा प्रकाशित भएको सूचना अनुसार नै सिरूवा(पावनी पर्व बिहीबार परेकाले उक्त पर्व मनाइने पाँच जिल्लामा बिदा हुने मन्त्रालयले जनाएको हो ।

नयाँ वर्षको दिन आज देशभरी सार्वजनिक बिदा छ ।