अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको भनाइ– ‘प्रचण्डले आफू विदेशका होटलमा बसेर जनतालाई क्रान्तिमा होमे’

प्रधानमन्त्रीको भनाइ– ‘प्रचण्डले आफू विदेशका होटलमा बसेर जनतालाई क्रान्तिमा होमे’


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डले आफू होटलमा बसेर सर्वसाधारण जनतालाई क्रान्तिमा होमेको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा बुधबार द्वन्द्वपीडितलाई सरकारका तर्फबाट सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डले आन्दोलनमा कहिले सहभागी नभइ आफू नेता भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले एकजना नेता एक दिन जेल नबसी,एक दिन भूमिगत नभइ कम्यूनिष्ट आन्दोलनको नेतृत्व गरेको बताउनुभयो । ‘एक दिन जेल नबसी, एक दिनभूमिगत नबसी, एक दिन पिटाइ नखाइ अरुलाई क्रान्तीमा होमेको छ । आफू नेता भएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भूमिगत भन्ने तर विदेशका राम्रै होटलमा बसेर दिन कटाउनेहरु महान क्रान्तिकारी नेता भएका छन् ।’

क्रान्तिकारी कुरा गरेर जनताका छोराछारीलाई आन्दोलनमा होमेका हरुले योद्धाहरुको समस्या नबुझ्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘म भूमिगत पनि भएको छुु । कुटाइ पनि खाएको छु । चौध वर्ष जेल पनि बसेको छु । चार वर्ष त कोहीसँग भेट्न गर्न नदिए कालकोठरीमा बसको छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यस कराण मैले तपाईंहरुका समस्या बुझ्छु र समाधान पनि गर्छु । ’