अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव-प्रचण्डहरुले सत्ता कब्जा गर्न खोज्दा, किला काँटा नै खुस्कियो : प्रधानमन्त्री ओली

माधव-प्रचण्डहरुले सत्ता कब्जा गर्न खोज्दा, किला काँटा नै खुस्कियो : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले माधव र प्रचण्डहरुले सत्ता कब्जा गर्न खोज्दा किलाकाँटा नै खुस्किएको बताउनुभएको छ ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै आफ्नै पार्टीको झण्डै दुई तिहाइको सरकार ढालेर सत्ता कब्जा गर्न खोज्नेहरुको किला काँटा पनि खुस्एिको प्रधानमन्त्रीले बताउनुभयो । ‘आफ्नै पार्टीको सरकार ढालेर सत्ता कब्जा गर्न खोज्न हिंडेकाहरु अहिले किला काँटा पनि खुस्किएर बसेका छन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नामका क्रान्तिकारी, कामका चरम दक्षिणपन्थीहरुको सत्ता कब्जाको सपना चकानाचुर भएको छ ।’

उनीहरु लुटेर शैलीमा पुग्न नपाएपछि प्रतिगमनको हल्ला चलाएर जनता भाँड्न खोजेको बताउनुभयो । ‘तर जनताले यिनको स्याल हुंइया केही समयमा नै अस्विकार गरे,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।