अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीद्वारा ३८१ जनालाई ‘लोकतन्त्रका योद्धा’ सम्मान

प्रधानमन्त्रीद्वारा ३८१ जनालाई ‘लोकतन्त्रका योद्धा’ सम्मान


काठमाडौं- सरकारले ३ सय ८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान गरेको छ । २०६२-६३ को जनआन्दोलन, माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार, घाइते तथा अपाङ्गगता भएकाहरू तथा १७६ जना बहिर्गमित पूर्वलडाकूहरूलाई लोकतन्त्रका योद्धाको रूपमा सरकारले सम्मान गरेको हो ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँहरूलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गर्नुभयो ।

२०६२-६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थलाई भने काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले दोसल्ला र प्रमाणपत्र प्रदान गरे । त्यसको लाइभ भिडियोबाट प्रधानमन्त्री ओलीले लोकतन्त्रका योद्धाका रूपमा सम्मान गर्नुभयो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले योद्धालाई सम्मानको शुरुवात मात्रै गरिएको र ७७ वटै जिल्लामा सम्मानित गरिने जानकारी दिनुभयो । उहाँ लोकतन्त्रका योद्धा अभिलेखिकरण तथा सम्मान समितिका संयोजक पनि हुनुहुन्छ ।

जिल्लामा भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘लोकतन्त्रका योद्धा अभिलेखीकरण तथा सम्मान समिति’ गठन गरिएको छ ।