अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्युठान जीप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लगियो

प्युठान जीप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लगियो


प्युठान- प्युठान जीप दुर्घटनामा घाइते भएकालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।

प्युठानको स्वर्गद्वारी–३ रुमालेमा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका छ जनालाई सेनाको हेलिकोप्टर मार्फत उद्वार गरी काठमाडौं लगिएको हो ।

गम्भीर घाइते सार्थक ज्ञवाली, कमला ज्ञवाली, मुना पाण्डे, गिता मुखिया, अनिश मुखिया र सन्दीप परियारलाई जिल्ला प्रशासन कार्यालय प्युठानको अगुवाइमा हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । अन्य पाँच जना घाइतेको प्युठान अस्पताल विजुवार र प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सहितको टोली बोकेर प्युठानको स्वर्गद्वारी जाने क्रममा बुधबार दिउँसो लु १ ज १६५५ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।