अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्पेन भ्रमण सकेर अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

स्पेन भ्रमण सकेर अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता


काठमाडौं- लुम्बिनी गार्डेन प्रोजेक्टको शान्ति सम्मेलनमा सहभागी हुन स्पेन जानुभएका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्वदेश फर्कनुभएको छ ।

स्पेनको एक्सत्रेमदुरा प्रान्तको काथेरेस शहरमा भएको शान्ति सम्मेलन लागि चैत्र २३ गते सोमबार १० सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै पुग्नुभएका अध्यक्ष तिमिल्सिना बुधवार स्वदेश फर्कनुभएको हो।

भ्रमण सकेर स्वदेश फर्कनुभएका उहाँले सम्मेलन गौतम बुद्ध जन्मभूमि नेपाल र बुद्धको शान्ति सन्देश विश्वभर फैलाउने उद्देश्यले भएकाले निकै उपलब्धिमूलक भएको जानकारी दिनुभयो।शान्ति सम्मेलन लुम्विनी गार्डेन फाउन्डेसन, स्पेन, एक्सत्रेमदुरा प्रान्त र सोही प्रान्तको काथेरेस नगरपालिकाको संयुक्त आयोजना भएको थियो।

सम्मेलनका अलवा अध्यक्ष तिमिल्सिनले विभिन्न उच्च स्तरीय भेटघाट गर्नुभएको थियो। सो भेटघाटहरु नेपाल स्पेनको कूटनीतिक सम्बन्ध मजबुद बनाउन तथा दुई पक्षीय साझेदारीका लागि निकै उपलब्धिमुलक भएको बताउनुभयो।

अध्यक्ष तिमिल्सिनाले शान्ति सम्मेलनको उद्घाटन गर्दै स्पेनको एक्सत्रेमदुरा प्रान्तको सदनमा सम्बोधन गर्नुभएको थियो । त्यसैगरी, सम्मेलनको दोस्रो दिन स्पेनको ऐतिहासिक क्याथेरेस नगरपालिकामा भएको कार्यक्रममा उहाँले नेपालमा शान्ति र लोकतन्त्रको विकास बारे आफ्नो अनुभव सहितको सम्बोधन गर्नुभएको थियो ।

भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले स्पेनको उपल्लो सदन ९सिनेट० का अध्यक्ष पिलर लप क्विनका, स्पेन सरकारका उपप्रधानमन्त्री कार्वेन कल्भो, एक्सत्रेमदुरा प्रान्तका मुख्यमन्त्री , सभामुख, मन्त्रीहरु, सांसदलगायत विशिष्ट व्यक्तिहरुसँग भेटघाट गर्नुभएको थियो ।

अध्यक्ष तिमिल्सिनाको स्वागतमा स्पेनमा रहेका गैरआवसीय नेपाली संघ,उहाँको गृहजिल्ला पर्वतबाट स्पेनमा बसोबास गर्ने नागरिक सम्बद्ध संघ/संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेका थिए ।

अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा, लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद रेग्मी, रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्‍ता, कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह, देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङ, संघीय संसद सचिवालयका शाखा अधिकृत सपना सापकोटा र लुम्बिनी गार्डेन प्रोजेक्ट, स्पेनका प्रमुख आर्किटेक्ट उज्ज्वल मान शाक्यसमेत सहभागी हुनुहुन्थ्यो ।