अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीमा कृष्णचन्द्रलाई नयाँ मुख्यमन्त्री प्रस्ताव

गण्डकीमा कृष्णचन्द्रलाई नयाँ मुख्यमन्त्री प्रस्ताव


काठमाडौं– नेपाली कांग्रेस र माओवादी केन्द्रले गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेका छन् ।

दुवै दलले गण्डकी प्रदेश सरकारविरुद्ध संयुक्त अविश्वास प्रस्ताव दर्ताको तयारी थालेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध विहीबार नै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको छ ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका पोखरेल नवलपरासी पूर्व १ (क)बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । हाल उहाँ गण्डकी प्रदेशसभामा मुख्य विपक्षी दलको नेताका रुपमा रहनुभएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ महाराजगञ्जमा भएको भेटवार्तामै प्रदेशहरुमा संयुक्त सरकार बनाउन अग्रसरता लिने सहमति भएको थियो ।

गण्डकी प्रदेशसभामा रहेका ६० मध्ये मुख्यमन्त्री गुरुङलाई नेकपा एमालेका २७ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको छ । ३ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले बुधबार समर्थन फिर्ताको घोषणा गरेको थियो ।