अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सरकार हरेक दिन एक पाइला अगाडि बढिरहेको छ : प्रधानमन्त्री ओली

सरकार हरेक दिन एक पाइला अगाडि बढिरहेको छ : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार हरेक दिन एक पाइला अगाडि बढिरहेको बताउनुभएको छ । काठमाडौंमा आज ‘मेरो कित्ता’कार्यक्रमको उद्घाटन गर्दै उहाँले सरकार हरेक क्षत्रमा एकएक पाइला अगाडि बढिरहेको बताउनुभएको हो ।

‘हामी हरेक दिन एक पाइला अगाडि हाम्रो नारा हो । हाम्रा क्रियालाप पनि त्यहीअनुसार अगाडि बढिरहेका छन् । हामी हरेक क्षेत्रमा एकएक पाइला अगाडि बढिरहेका छौँ,’ प्रधानमन्त्री ओलीलले भन्नुभयो, ‘विभिन्न ढंगले हामी हरेक दिन एकएक सिढीमाथि उठिरहेका छौँ ।’

साथै, उहाँले डिजिटल तथा आधुनिक नेपालतर्फको यात्रामा अगाडि बढ्न सबैको हातेमालो हुनुपर्नेमा जोड दिनुभयो ।

‘राष्ट्र निर्माणको अभियानमा नयाँ भिजन, नयाँ सोच, नयाँ संकल्पका साथ हामी अगाडि बढाइरहेका छौँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी एकपछि अर्को लगातार नयाँ उचाईको कामको थालनी गरिरहेका छौँ ।’