काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल ल्याण्ड म्यानेजमेन्ट सिस्टमको सुरुवात गर्ने नेपाल नै पहिलो मुलुक हुनसक्ने बताउनुभएको छ ।
बिहीबार अनलाईन ल्याण्ड म्यानेजमेन्ट सिस्टमका दुई वटा सफ्टवेयर ‘ल्याण्ड इन्फरमेसन सिस्टम’ तथा ‘मेरो कित्ता’ को औपचारिक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘डिजिटल स्वाइल म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल विश्वकै पहिलो मुलुक हो । यस्तो सिस्टम अरु कसैले पनि शुरुवात गरेका छैनन् । यसमा थप अहिले ल्याण्ड म्यानेजमेन्टमा समेत हामीले डिजिटल सिस्टमको विकास गरेका छौं । यो पनि पहिलो हुनसक्छ ।’
साथै, उहाँले हरेक क्षेत्रलाई प्रविधिसँग जोडिने बताउनुभयाे । ‘नेपाललाई हरेक प्रविधिमय बनाउँछौं, विज्ञानमय बनाउँछौँ,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले लेस फेस, लेस पेपर, क्यास लेसको अभियानमा सरकार लागि परेको समेत स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘मानिसको प्रत्यक्ष संलग्नता कम गर्ने, कागजको प्रयोग कम गर्ने, क्यास होइन हामीले चेक चलाउने, मेरो कित्ताको सिस्टममा मात्र होइन, अनेक क्षेत्रमा हामी नेपाललाई डिजिटलाइजेसनतर्फ लैजान चाहान्छौं ।’
प्रधानमन्त्रीले अगाडि भन्नुभयो, ‘मान्छे धर्तीमा हुँदैनथ्यो त पृथ्वी कै अर्थ हुँदैनथ्यो, सुन्दरता र सिर्जनशिलता सबै बुझ्ने, उपभोग गर्ने र अझ सिंगार्ने भनेकै मान्छेले हो ।
प्रतिक्रिया