अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना संक्रमणबाट पत्रकार मिश्रको निधन

कोरोना संक्रमणबाट पत्रकार मिश्रको निधन


काठमाडौं- कोरोना सङ्क्रमणबाट एक नेपाली पत्रकारको मृत्यु भएको छ । झापाका ४८ वर्षीय पत्रकार कमल मिश्रको कोभिड-१९ का कारण गएराति मृत्यु भएको हो ।

उहाँको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको थियो । विर्तामोड नगरपालिका-८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किनुभएको थियो । भारतबाट फर्किएलगत्तै बिरामी पर्नुभएका उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

उहाँ दुई वर्षदेखि काठमाडौंको भक्तपुरस्थित राधेराधेमा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आउनुभएको थियो ।