अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

प्रधानमन्त्री र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । उहाँहरूबीच आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटका क्रममा अध्यक्ष ठाकुरले आफ्नो दलले अघि सारेको माग सम्बोधन गर्न आग्रह गर्नुभएको थियो । सरकारले माग सम्बोधन गरे सरकारलाई समर्थन गर्ने जसपाले बताईरहेका बेला प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच भएको भेटलाई सकारात्मकरूपमा लिइएको छ ।

सांसद रेशम चौधरीसहितमाथि लगाइएको मुद्दा खारेज हुनुपर्ने, तराई-मधेस आन्दोलनका क्रममा कार्यकर्तामाथि लगाइएका मुद्दाहरु खारेज गरी सहयोग गरेमा जसपाले सरकारलाई सहयोग गर्ने पुरानै अडान अध्यक्ष ठाकुरले बैठकमा उठाउनुभएको बताइएको छ ।

बैठक सकारात्मक ढङ्गले अघि बढेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

यसैबीच, सरकार तथा जसपाबीच वार्ता गर्न गठित कार्यदलको बैठक पनि आज बसेको छ । बैठकमा जसपाले राखेको मागबारे छलफल भएको बताइएको छ ।